एजेन्सी । चर्चित फुटबलर तथा रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो गम्भिर घाइते भएका छन्। गएरातीको स्पेनिस ला लिगा अन्तर्गतको खेलमा डिप्रोटिभो डी ला कोरुनालाई ७–१ ले हराउने क्रममा दुई गोल गरेका रोनाल्डोले गोल गरे पनि आँखाको छेउबाट रगत बनाउनु परेको क्षण निकै नै पिडादायी बन्यो ।

खेलको ७८ औँ मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका रोनाल्डोले ८४ औँ मिनेटमा टिमका लागि छैटौँ तथा यो सिजन लिगमा आफ्नो पनि छैटौँ गोल गर्ने क्रममा रोनाल्डोले हेडिगं गर्ने क्रममा डिप्रोटिभोका डिफेन्डर फाबिएन स्चरको बुटले रोनाल्डोको टाउकोमा नै लाग्यो ।

मैदानमा नै रग्ताम्मे बनेका रानाल्डोलाई आकस्मिक उपचारका लागी झिकाइयो । त्यसपछि उनले आफ्नो रगतले भरीएको अनुहार र टाउकोमा चोट कस्तो छ भनेर मेडिकल टिमका सदस्यको मोवाइलबाट हेरेका थिए । जुन तस्विर र भिडियो अहिले भाइरल बनिरहेको छ ।

तपाईको प्रतिक्रिया