काठमाडौं-‘मिस नेपाल इन्टरनेशनल २०१७’को उपाधि जितेकी मोडल नीति शाहले अहिलेका चर्चित तथा क्युट नायक अनमोल केसीसँग सँगै चलचित्र खेल्न अस्वीकार गरेको खुलासा गरेकी छिन् । मोडल शाहले अनमोलका बाबु भुवन केसीले यसअघि निर्माण गरेको चलचित्र ‘ड्रिम्स’ मा अनमोलसँग चलचित्र खेल्न अस्वीकार गरेको जानकारी गराएकी हुन् ।

केही समय अघि ‘मिस इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्दै जापान पुगेकी उनी निकै विवादमा तानिएकी थिईन् । अन्तरराष्ट्रिय प्लेटर्फममा नेपालबाट प्रतिनिधित्व गर्ने सुन्दरीबाट नेपालले पनि ठूलै आशा गरे पनि उनले नेपालीको आशालाई निराशामा बदलेको आरोप बेहोरेकी थिईन् । उनले जापानको फोमबाट नेपालकै अपमान गरेको भनेर सामाजिक सञ्जालमा उनको निकै आलोचना समेत भएको थियो । भिडियो

तपाईको प्रतिक्रिया