एजेन्सी । तस्विरमा देखिएका यि पहलमानको तौल ४३५ केजी छ । पाकिस्तानका २५ वर्षीय अरबाब खिजेर हायात यति धेरै बलबान छन् की उनले आफ्नो हातले ट्रयाक्टरलाई रोक्न सक्छन् भने दुईवटा कारलाई तान्न सने तागत राख्छन् ।

आफूलाई विश्वकै सबैभन्दा शक्तिशाली व्यक्ति भएको दाबी गर्ने उनी दैनिक १० हजार क्यालोरी खाना खान्छन् । ३६ वटा अण्डा, ३ किलो मासु र ५ लिटर दुध उनको नियमित भोजन नै हो । ६ फिट तीन इन्च उचाई भएका उनी अब हयात अब वल्र्ड रेस्लिङ इन्टरटेनमेन्टमा ९डब्लुडब्लुई० मा जाने तयारीमा रहेको डेलीमेलले लेखेको छ ।डेली मेलका अनुसार अत्यधिक तौल बढ्न थालेपछि उनले विश्वकै शक्तिशाली व्यक्ति छान्ने प्रतियोगितमा जाने सोच बनाए । त्यही भएर मैले झन् तौल बढाउन लागि परे जसका कारण उनी अहिले पाकिस्तानमा मात्रै नभएर विश्वभर नै सेलीब्रेटीका रुपमा परिचित छन् ।

तपाईको प्रतिक्रिया