चर्चित लोक तथा दोहोरी गायक पशुपती शर्माले पोखरामा जारी राष्ट्रीय औद्योगिक ब्यापार मेलामा भजन गाए । शर्माले भजन गाउन मात्र शुरु के गरेका थिए, एक महिला दर्शक उठेर बेहोसीमा नाच्न थालिन । एकछिन सम्म उनलाई कसैले पनि वास्ता गरेनन, कारण त्यहाँ नाच्ने उनी मात्र थिइनन । केही समय पछी नृत्य अस्वभाबिक देखिन थाल्यो ।

उनी थाहा भयो – उनलाई भजन लागेछ । मेला हेर्न गएका हजारौ दर्शकको ध्यान ति महिला तिर तानियो । अब लागेको भजन फुकाउने जिम्मा पनि पशुपतीकै काँधमा आइप¥यो । संगै थिए अर्का पुराना गायक प्रजापती पराजुली ।

प्रजापती पराजुलीले भजन लागेको पत्याएनन । उनले त महिला प्रहरीले दुई चार पटक सिस्नुपानीले हानेपछी ठिक हुने भनीदिए । केही समयपछी प्रजापती पराजुली पनि बिश्वस्त भए कि त्यी महिलालाई भजन लागेकै रहेछ । अनि पशुपती शर्मालाई प¥यो फसाद । भजन लागेकी महिलाले के के गरीन ? पशुपती शर्माले कसरी भजन फुकाए ? जान्नको लागी तलको पुरा भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया