जितपुर, कपिलवस्तु, ६ माघ -यहाँ आज साँझ एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

शुद्धोधन गाउँपालिका–१ उचडिहवा र बर्गदवाको बीचमा पर्ने शिव विष्टको माछा पोखरीमा नामथर नखुलेको अन्दाजी १५ वर्षीय युवक पोखरीमा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

पुरुषको शव पोखरीमा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि तौलिहवा पठाइएको छ ।

तपाईको प्रतिक्रिया