काठमाडौं । निर्वाचन पछिको कांग्रेसको पहिलो बैठकमा बोल्दै नेता प्रकाशमान सिंह भने -हामीले निर्वाचनमा गठबन्धन गर्‍यौँ, तर कस्तो खालको गठबन्धन हो ?

लोकतान्त्रिक हो भने हामीले अरूलाई सहयोग गर्नुपर्ने अरूले किन सहयोग गरेनन् रु उम्मेदवार चयनमा पनि कार्यसमितिले पास गरेको कुरालाई सभापतिले किन नमानेको ? एकजनाबाहेक नदोहोर्‍याउने भन्ने थियो, तर किन दोहोर्‍याएको रु हामी संसदीय समितिमा बसेकैले समानुपातिकको सूची हेर्न पाएनौँ । आजकको नयाँ पत्रिकामा खबर छ ।

अब यसरी पार्टी चल्न सक्दैन । बैठक र बाहिर बोलेको विषयलाई लिएर सभापति र उहाँका मान्छेले अनुशासनको कारबाही गर्छु भनेर धम्की दिनुभएको छ । धम्कीबाट कोही डराउँदैनौँ । पञ्चायतलाई परास्त गरेर आएका हौँ । यस्ता डरधम्कीले हाम्रो आवाजलाई रोक्नेछैन ।

तपाईको प्रतिक्रिया