काठमाडौँ । रोजगारीका लागि करिब डेढ महिना अगाडी युएई गएका सिन्धुपाल्चोकको कालीपोखरीका २७ वर्षिय अमृत श्रेष्ठ बिहान मृत अवस्थामा फेला परेका छन् । बुधवार राति कम्पनीका कामदार बस्ने कोठामा खाना खाएर सुतेको अवस्थामा फेला परेपछि नेपालस्थित दुतावासलाई खबर गरिएपछि घटना बाहिर आएको हो ।

अमृत आबुधाबीमा रहेको मिडिल इष्ट सेक्युरिटी कम्पनीमा सेक्युरिटी गार्डको काम गर्न डेढ महिना अघि मात्रै युएई गएका थिए । उनी प्राइभेट सेक्युरिटी बिजनेस् डिपार्टमेन्ट ९पिएसबिडी० परीक्षाको तयारी गर्दै थिए । उनको शव आबुधावीको खालिफा अस्पतालमा राखिएको छ । श्रीमती र एक छोराका पिता अमृतको निधन भएसँगै उनको परिवार बेसहारा बन्न पुगेको छ ।

तपाईको प्रतिक्रिया