काठमाडौं । सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

प्रहरीका अनुसार तातोपानीबाट सिन्धुपाल्चोकको बाह्रबीसेका लागि छुटेको ना १ च ९९५० नम्बरको जीप सखुमा दुर्घटना हुँदा बाह्रबीसे– ८ मानेश्वराकी गोमा तामाङ, पासाङ तामाङ रसमीक्षा गुरुङको ज्यान गएको छ ।

सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया