एजेन्सी- मलेसियाबाट अध्ययनका लागि अस्ट्रेलिया पुगेकी एक युवतिको खातामा अचानक ५० करोड रुपैयाँ देखिएपछि ती युवतीले उक्त रकम ११ महिनाभित्रै खर्च गरेर सकाएकी छिन् ।

क्रिस्टिन जियासिन लीको नाम गरेकी ति युवतिले ५० करोड रुपैयाँ यति छोटो अबभिमा किनमेल गरेर पैसा सकाएकी हुन् ।

घटनाको केही समय पछि बैंकलाई उक्त युवतिको गल्ती थाहा भएको हो । त्यसपछि ती युवतीसँग उक्त रकम फिर्ता मागेको र युवतीले उक्त रकम आफूले खर्च गरिसकेको तथा फिर्ता गर्न नसक्ने बताएपछि बैंक अदालत पुगेको थियो ।

तर अस्ट्रेलियाको अदालतले ६ महिनापछि क्रिस्टिनलाई निर्दोष ठहर गरेको बताइएको छ । क्रिस्टिनले यति मोटो रकम महँगा पहिरन, ज्वेलरी, डिनाइनर ब्याग, जुत्ताजस्ता सामान खरिद गर्दा सकेको बताइएको छ ।

तपाईको प्रतिक्रिया