ताजा खबर:- सामान्यतय: पसिना आउनुलाई चिन्ताको विषय मानिँदैन तर जब रातीमा आवश्यकता भन्दा बढी पसिना आउँछ तब समस्या हुनु आवश्यक हुन्छ । वास्तवममा चिकित्सकको भनाई छ कि रातीमा अत्यधिक पसिना आउनु या मनमा अशान्ति महसूस गर्नु खतराको घण्टा हो । यस समस्यालाई वेवास्ता गर्नुको साटो तुरुन्त चिकित्सकसँग सल्लाह लिनुहोस् । रातीमा अत्यधिक पसिना आउनु(नाइट स्वेट)को तल उल्लेखित यी कारणहरू हुनसक्छ ।

 

टीबी

ट्यूबरक्लोसिस अर्थात् क्षय रोगले ग्रसित केही मानिसहरूमा पनि रातीमा पसिना आउनुको समस्या रहन्छ । यस्तो अवस्थामा चिकित्सकसँग तुरुन्त सल्लाह लिनुपर्दछ ।

इन्फेक्शन

केही किसिमका ब्याक्टेरियाको इन्फेक्शनको कारणले पनि राती पसिना आउँछ । यसमा हर्ट भल्भमा सूजन, हड्डीसँग सम्बन्धित इन्फेक्शनको साथै एचआईभी इन्फेक्शन पनि हुनसक्छ । यस्तो अवस्थामा आवश्यक हुन्छ कि तपाईले चिकित्सकसँग सल्लाह लिनुहोस् र चिकित्सकले बताए अनुसार टेस्ट अवश्य गर्नुहोस् किनकि जसबाट सही कारण पता लाग्छ ।

हाइपोग्लाइसिमिया

ब्लड ग्लुकोज कम हुँदा पनि पसिना आउँछ । जो मानिसहरूले इन्सुलिन या ओरल एन्टीबायोटिक औषधि खाने गर्दछन्, उनीहरूलाई रातीमा पसिना आउनुको साथै हाइपोग्लाइसिमियाको समस्या पनि हुन्छ ।

क्यान्सर

नाइट स्वेट क्यान्सरको शुरुवाती लक्षण पनि हुन्छ । लिन्फोमा यो लक्षण सबैभन्दा बढी देखिन्छ । वजन घट्नु र ज्वरो आउनु पनि क्यान्सरको लक्षण हुनसक्छ ।

औषधि

एन्टीडिप्रेसेन्ट औषधिको कारणले यो समस्या हुनु सामान्य कुरा हो । ज्वरो कम गर्ने औषधि जस्ता एस्प्रिन, एसिटेमिनोफनले पनि पसिना आउँछ ।

हार्मोन डिसअर्डर

स्वेटिंगको यो रोग हार्मोनल गडबडीले पनि हुन्छ । यसमा कार्सिनोइड सिन्ड्रोम, फियोक्रामोसाइटोम आदि समावेश हुन्छ ।

मेनोपोज

यदि तपाई मेनोपोजको नजिक हुनुहुन्छ भने पनि राती पसिना आउन सक्छ । यदि यही कारण हुन्छ भने तपाईले स्त्री रोग विशेषज्ञद्वारा सल्लाह लिनुपर्दछ ।

आइडियोपेथिक हाइपरहाइड्रोसिस

कयौँ अवस्थामा राती पसिना आउनुको विशेष कारण देखिँदैन, जसलाई आइडियोपेथिक हाइपरहाइड्रोसिसको नामले चिनिन्छ । यसमा बिना कुनै कारणले शरीरबाट अत्यधिक पसिना आउन थाल्छ ।

तपाईको प्रतिक्रिया