जापानमा एउटा अचम्मको पर्व मनाउने प्रचलन छ । करिब एक सयबर्षअघिदेखि सुरु भएको यो पर्वमा पुरुषको लिङ्गलाई बिशेष महत्व दिईन्छ । बर्सेनि मनाइने लिंग पर्वमा स्टिलबाट बनेको बडेमानको कृत्रिम लिंग बनाई सहर परिक्रमा गराईन्छ । यो मेलामा हजारौँ मानिस सहभागी हुन्छन् । जापानको शहर कावासाकीमा मनाइने यो पर्वलाई शिन्टो कानामारा मात्सुरी नाम दिईएको छ । लिङ्ग पर्वमा लगाउने चिजदेखि खानेकुरासम्मको आकृती बनाईन्छ । युवतीहरुले समेत लिङ्गलाई पूजापाठ गरी लिंगको नजिक पुगेर सेल्फी समेत खिचाउँछन् । खासगरी यो पर्वमा पुरुष यौनांग तथा प्रजनन क्षमताको उत्सव मनाइन्छ र पुरुषत्व वृद्धिको कामना गरिन्छ । यो पर्व मनाईने शहरमा एउटा कानायामा मन्दिर समेत छ र यो मन्दिर यौनकर्मीहरुको पवित्र थलो पनि हो । जहाँ गएर यौनकर्मीहरुले पुजापाठ गर्ने गर्छन् । – एजेन्सी

तपाईको प्रतिक्रिया