एजेन्सी– फ्लोरिडाको एउटा अस्पतालबाट चोरिएकी शिशु १८ वर्षपछि फेला परेकी छिन्। सन् १९९८ को जुलाइमा ज्याकसनभिल्लाबाट हराएकी शिशु १८ वर्षपछि अमेरिकाको अर्को राज्य साउद क्यारोलाइनामा फेला परेकी हुन्। उनलाई अपहरण गरेको आरोपमा प्रहरीले ग्लोरिया विलियमलाई पक्राउ गरेको छ।

मोब्ली नाम गरेकी ती युवतीले आफ्नी जैवीक आमा अर्काे भएको बताउँदै आएकी थिइन्। डिएनए परीक्षणका आधारमा मोब्लीको पहिचान खुलेको प्रहरीले जनाएको छ। उनको स्वास्थ्य अवस्था राम्रो भएको बताइएको छ। अपहरणपछि प्रहरीले २५ सयभन्दा बढी सूचनाको अनुसन्धान गरेको थियो।

बालिका जन्मिएको ८ घण्टापछि अपहरणमा परेकी थिइन्। आफूलाई युनिर्भसिटी मेडिकल सेन्टरकी कार्यकर्ता बताउने ग्लोरिया विलियम्सले उनलाई अपहरण गरेकी थिइन्। स्वास्थ्य खबरपत्रिकाले छापेको छ ।

ती महिलाले ‘बच्चालाई ज्वरो आएको रहेछ परीक्षण गर्नुपर्यो’ भनेर बच्चाकी आमा सनाराको काखबाट लिएर भागेकी थिइन्। ती बालिका हराएको घटना फ्लोरिडाको सञ्चार माध्यममा छाएको थियो। प्रहरीले वास्तविक अभिभावकलाई युवती जिम्मा दिने तयारी गरेको छ।

तपाईको प्रतिक्रिया