एजेन्सी । रोचक र विचित्रको संसार खोज्न हामी नेपालीलाई भारतभन्दा टाढा जानु पर्दैन । हरेक विबाहन साँझ भारतमा कुनै न कुनै नयाँ घटना घटिरहेको हुन्छ । यसैबिच हालैमात्र भारतको उडिसा राज्यको एक विद्यालयकी छात्राले होस्टलमा बच्चालाई जन्म दिएकी छिन् । सुन्दा पत्यर नलाग्न सक्छ तर घटना ससत्य हो ।

भारतीय मिडिया आजतकका अनुसार जम्मा ६ कक्षमा अध्यनरत छात्राले होस्टलमै बच्चा जन्माए लगत्तै उक्त बिद्यालयका प्रधानाध्यापक र होस्टल सुपरिटेन्डेन्टलाई प्रहरीले पक्राउ गरिएको छ । आदिवासी जनजातिका बच्चाहरु पढ्ने उमुरी आश्रम नामको उक्त विद्यालयमा बच्चा जन्माएको भएपनि घटनाका बारेमा प्रशासनलाई जानकारी नदिएर लुकाउन खोजेको आरोपमा पक्राउ गरिएका बिद्यालयका आधिकारिक ब्यक्तिहरुबाट थप अनुसन्धान भइरहेको भारतीय मिडियाले जनाएको छ । ति छात्रालाई गर्भवती बनाउने पुरुषका बारेमा अनुसन्धान भइरहेको र प्रहरी सत्यतथ्यका नजिक पुगेको बताइएपनि प्रहरीले यस विषयमा अहिलेसम्म केही बोलेको छैन ।

तपाईको प्रतिक्रिया