काठमाडौँ, ३ माघ – प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र श्रीलंकाका सेना प्रमुखको औपचारिक निमन्त्रणामा आज साताव्यापी भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभयो ।

प्रधानसेनापति क्षत्रीलार्ई बलाधिकृत रथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यसअघि प्रधानसेनापति क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियोे ।श्रीलंका भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, रक्षा राज्यमन्त्रीलगायत स्थल, जल तथा हवाई सेना प्रमुखसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । प्रधानसेनापति क्षत्री माघ ११ गते स्वदेश फिर्ता हुनुहुनेछ ।

प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया