ताजा खबर:- थुप्रै औषधीय गुणहरूले भरिपूर्ण ल्वांगमा थुप्रै एन्टी माइक्रोबियल, एन्टी-फंगल, एन्टी-सेप्टिक र एन्टी-भाइरल गुण पाईन्छ । ल्वांगको तेल पनि ल्वांग जस्तै विभिन्न किसिमले फाइदाजनक हुन्छ । डन्डीफोरलाई कम गर्न, खोकी, अस्थमा आदि उपचार गर्न ल्वांगको तेल निकै प्रभावकारी मानिन्छ । यसको साथै यसले शरीरमा रक्तसंचार बढाउने पनि काम गर्छ । ल्वांगको तेलमा कयौँ किसिमको खनिज, क्याल्शियम, आइरन, सोडियम, पोटाशियम, भिटामिन ए र भिटामिन सी प्रयाप्त मात्रामा पाईन्छ । ल्वांगको तेल हाम्रो लागि कुन-कुन किसिमले लाभकारी हुनसक्छ, जसलाई यसप्रकार उल्लेख गरिएको छ ।

इम्यूनिटी पावर बढाउँछ- ल्वांग शरीरको रोग-प्रतिरोधक क्षमता बढाउनका लागि उपयोगी मानिन्छ । ठीक यसैगरि ल्वांगको तेल पनि इम्यूनिटी बढाएर थुप्रै किसिमको रोगहरूसँग लड्न मद्दत गर्छ । यसमा एन्टी-अक्सीडेन्ट्स भरिपूर्ण मात्रामा पाईन्छ र यो मुटुको स्वास्थ्यको लागि पनि निकै फाइदाजनक हुन्छ । यसले शरीरमा क्यान्सर सेल्स बढ्ने प्रक्रियालाई रोक्न मद्दत गर्छ ।

पाचनमा सुधार- ल्वांगको तेलको प्रयोग निकै पुरानो समय देखि पाचन सम्बन्धि समस्याहरूलाई दुरुस्त राख्नका लागि गरिन्छ । अपच, डायरिया, उल्टी र आन्द्रा सम्बन्धि समस्याहरूमा ल्वांगको तेल निकै फाइदाजनक हुन्छ । यो पाचक एन्डाइम्सको स्रावलाई बढाएर पाचन दुरुस्त राख्छ । साथै बाडुल्की र मोर्निंग सिकनेसको लागि पनि अत्यन्त असरदार औषधि हो ।

डन्डीफोरको उपचार- ल्वांगको तेलमा एन्टी-माइक्रोबियल गुण हुन्छ । यो डन्डीफोर रोक्न मद्दतगार हुन्छ । डन्डीफोरलाई अनुहारमा फैलिनबाट रोक्न, डन्डीफोरको कारणले हुने दुखाईलाई कम गर्न तथा त्वचाको सतहमा रक्तसंचार दुरुस्त राख्नका लागि ल्वांगको तेल निकै फाइदाजनक हुन्छ ।

डायबिटीजको लागि- ल्वांगको तेल शरीरमा ब्लड शुगर लेभललाई नियन्त्रित राख्छ, जसबाट डायबिटीजलाई नियन्त्रण गर्नमा मद्दत मिल्छ । यो डायबिटीजको परम्परागत औषधिहरू मध्य एक हो ।

तनाव र टाउको दुख्ने समस्याबाट आराम- ल्वांगको तेलमा थोरै नून मिलाएर निधारमा लगाउँदा टाउको दुख्ने समस्याबाट आराम मिल्छ । यसले शरीरमा रक्तप्रवाह बढाउन मद्दत गर्छ, जसबाट रक्तवाहिनीमा तनाव कम हुन्छ । यसको साथै जटिल भन्दा जटिल टाउको दुख्ने समस्याबाट आराम दिलाउन ल्वांगको तेल मद्दतगार हुन्छ ।

तपाईको प्रतिक्रिया