ताजा खबर:- पालकलाई एक सुपर फूड भनिन्छ । विशेषगरी यसको पातमा शरीरिक विकासको लागि आवश्यक लगभग सबै पोषक तत्व पाईन्छ । पालकको पातमा मिनरल्स, भिटामिन र दोस्रो कयौँ न्यूट्रीएन्ट्स भरिपूर्ण मात्रामा पाईन्छ । पालकमा भिटामिन ए, सी, ई, के र बी तत्व राम्रो मात्रामा हुन्छ । त्यसै यसमा म्यागनीज, क्यारोटिन, आइरन, आयोडिन, क्याल्शियम, म्याग्नेशियम, पोटाशियम, सोडियम, फोस्फोरस र आवश्यक अमिनो एसिड पनि पाईन्छ, जो शरीर र स्वास्थ्यको लागि कम मात्रामा नै उचित तर आवश्यक हुन्छ । हुनत:- पालकको प्रयोग सब्जी र सूपमा अधिक हुन्छ । कयौँ मानिसहरूले पालकको पराठा पनि रुचाउने गर्दछन् । तर पालकको पातमा पाईने न्यूट्रीएन्ट्सको पूरा फाइदा यदि तपाई प्राप्त गर्न चाहनुहुन्छ भने पालकको जूस पिउनुहोस् ।

कसरी पालकको जूस तयार गर्ने

पालकको जूस बनाउनका लागि सबैभन्दा पहिले पालकको पातलाई धुनुहोस् र यसलाई बारीक काट्नुहोस् । अब मिक्सरमा थोरै पानीको साथ पालकको पात हाल्नुहोस् र पिस्नुहोस् । ध्यान राख्नुहोस् कि यसलाई बढी पातलो गराउनु हुँदैन नत्र यसको फाइबर नष्ट हुनसक्छ ।

पालकको जूसलाई एक बाउलमा निकाल्नुहोस् । यसमा थोरै पानी, भुटेको जीरा, कालो नून, नून र कालो मरिच मिलाएर मिक्स गर्नुहोस् । स्वाद बढाउनको लागि यसमा थोरै कागतीको रस पनि मिलाउन सकिन्छ ।

पालकको जूस पिउनुको फाइदाहरू:-

-वजन कम गर्नको लागि पालकको जूस दिनहुँ पिउनुहोस् । हालै गरिएको एक सोधमा यो कुरा प्रमाणित भएको छ । पालक फाइबरयुक्त हुन्छ, जसको कारण यो दोस्रो आहारलाई सजिलै पचाउन मद्दत गर्छ र शरीरमा अतिरिक्त वोसो जम्मा हुन पाउँदैन ।

-यदि तपाईलाई त्वचा सम्बन्धि कुनै समस्या छ भने पालकको जूस पिउनु प्रभावकारी रहन्छ । पालकको जूस पिउँदा त्वचामा निखार आउँछ र जवान बनिरहन्छ । यो कपालको लागि पनि उपयोगी मानिन्छ ।

-पालकमा विभिन्न भिटामिनको उचित मात्रा हुन्छ । यसले शरीरलाई ऊर्जा दिनुको साथै हड्डीलाई बलियो बनाउँछ ।

-डाइजेस्टिभ सिस्टमलाई ठिक राख्नको लागि पालकको जूस पिउने सल्लाह दिने गरिन्छ । यो शरीरको विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दतगार हुन्छ । यसको साथै यदि तपाईलाई कब्जियतको समस्या छ भने पालकको जूसको सेवन लाभदायक हुन्छ ।

-गर्भवती महिलाहरूलाई पनि पालकको जूस पिउने सल्लाह दिने गरिन्छ । पालकको जूसको सेवनले गर्भवतीको शरीरमा आइरनको कमी हुँदैन ।

-क्यान्सर जस्ता खतरनाक र घातक रोगबाट बँच्नु छ भने दिनहुँ पालकको जूस पिउनुहोस् । कयौँ अध्ययनमा भनिएको छ कि पालकको जूसमा क्लोरोफिल र फ्लेभोनोइड्स पाईन्छ, जसले क्यान्सर कोशीकाको निर्माण नष्ट गर्न मद्दत गर्छ ।

-यसको साथै यो आँखाको रोशनी बढाउनका लागि पनि राम्रो मानिन्छ ।

तपाईको प्रतिक्रिया