झापा – श्रीमतीको हत्यापछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–३ का ३३ वर्षीय कमलसिंह राजवंशी रहेका छन् ।

राजवंशी गत असोज ६ गते श्रीमती गंगा राजवंशीको घाँटी थिचेर हत्या गरेर फरार रहेका थिए । उनलाई खोजी गर्ने क्रममा महेशपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया