एजेन्सी । बलिउडका चर्चित नायक आससमिर खान अरुका फिल्ममा कमै मात्रामा काम गर्छन् । हत्तपत्त अरुका फिल्ममा काम नगर्ने तर गरेको कामको निकै नै राम्रो नतिजा निकाल्न माहिर आमिरले आफ्नो ड्रिम प्रोजेक्ट महाभारतको काम छिट्टै नै सुरु गर्ने बताएका छन् ।

हाल ठग्स अफ हिन्दोस्तानको शूटिंगमा व्यस्त रहेका आमिरले १० वर्षभन्दा बढी समय लगाएर निर्माण गर्ने आँफुहरुको योजना रहेको हालेको एक अन्तरवार्तामा उल्लेख गरेका छन् । पाँच भागमा निर्माण गरिने फिल्मलाई फ्रेन्चाइजको रुपमा निर्माण गरिने छ । बाहुबलीका निर्देशक एस एस राजामौलीले निर्देशन गर्ने यस चलचित्रमा आमिरले श्रीकृष्णको भूमिका निर्वाह गर्नेकी कर्णको भूमिका भन्ने विषयमा भने अझै टुंगो लागीसकेको छैन ।

तपाईको प्रतिक्रिया