काठमाडौँ -चलचित्र ‘मंगलम’को दोस्रो गीत सार्वजनिक भएको छ । फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको यो गीतमा प्रमोद खरेलको स्वर, दीपक शर्माको संगीत र लेखु सहयात्रीको शब्द छ ।फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् ।

नायिका शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको चलचित्रका कार्यकारी निर्माता छविराज ओझा रहेका छन् ।चलचित्रमा शिल्पा र पृथ्वीका अलावा मिथिला शर्मा, नीर शाह, पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह लगायतले अभिनय गरेका छन् ।नायक पृथ्वीराज प्रसाइँ र नायिका शिल्पो पोखरेल फिचरिङ गीतको कोरियोग्राफर कविराज गहतराज हुन् ।

तपाईको प्रतिक्रिया