ताजा खबर:- के तपाईको अनुहार अचानक ठूलो देखिन शुरु भएको छ? जबकी तपाईको अनुहारमा वजन बढेको छैन । यसको अन्य थुप्रै कारण हुनसक्छ । तर अचानक अनुहार सुन्निएको या भरिएको देखिन सक्ने यी ३ कारण पनि हुनसक्छ, जसको विस्तारमा यहाँ चर्चा गरिएको छ ।

१-वाटर रिटेन्शन

अधिक चीनी, नून र जाँडरक्सीको सेवनले तपाईको अनुहार फुल्लिएको वा सुन्निएको देखिन सक्छ, यो जर्नल डर्मेटो-एन्डोक्लाइनोलोजी(Dermato-Endocrinology)मा प्रकाशित अध्ययनमा भनिएको छ । यसको कारणले शरीरको टिश्यूज पानीलाई अनुहारमा जम्मा गर्छ या राखिरहन्छ । यसकारण यी खाद्य पदार्थको कम सेवन गर्नुपर्दछ । जब शरीरमा पानीको कमी हुन्छ तब शरीरले अधिक पानी रोकेर राख्छ । यसकारण बढी पानी पिउने कोशिश गर्नुहोस् ।

२-फूड इन्टोलरेन्स(Food intolerances)

जर्नल कम्यूनिटी हस्पिटल इन्टरनल मेडिसिन पस्पेर्क्टिभमा छापिएको एक अध्ययनमा भनिएको छ कि यदि तपाई ग्लूटेन इन्टोलरेन्स या इरिटेबल बोवेल सिन्ड्रोम(irritable bowel syndrome) जस्ता कुनै पनि समस्याले पिडित हुनुहुन्छ भने अनहार सुन्निएको देखिन सक्छ । हुनत: यो स्पष्ट छैन कि आईबीएस तपाईको अनुहारमा सूजनको कारण किन बन्छ । यसकारण यदि तपाईको अनूहार सुन्निएको देखिएमा तुरुन्त चिकित्सक कहाँ जाँच गराउनुहोस् ।

३-हर्मोनल परिवर्तन

यदि तपाईलाई महिनावारीको अवधिमा आफ्नो अनुहार सुन्निएको देखिन्छ भने तपाई गायनकोलोजिस्ट कहाँ जानु नै बुद्धिमानी हुनसक्छ । महिनावरीको अवधिमा तपाईको शरीरमा प्रोजेस्टोरोन हार्मोन वृद्धि देखिन सक्छ । यो कुरा जर्नल इन्टरनेशनल जर्नल अफ वूमेन्स हेल्थमा प्रकाशित एक अध्ययनले बताएको छ ।

तपाईको प्रतिक्रिया