ताजा खबर:- व्याक्टेरिया दुई किसिमका हुन्छन्, राम्रो र खराब । राम्रो व्याक्टेरिया खाना पचाउन मद्दत गर्छ र खराब व्याक्टेरियाको कारण हुने इन्फेक्शन र रोगहरूबाट बचाउँछ । एक ताजा अध्ययनका अनुसार, राम्रो व्याक्टेरियाले पनि कयौँ रोग हुनसक्छ । न्यूट्रीशन्सका अनुसार, यहाँ उल्लेख गरिएको छ कि राम्रो व्याक्टेरियाबाट तपाईलाई कुन-कुन रोग लाग्न सक्छ ।

मोटोपन र डायबिटीज- हरेक व्यक्तिमा माइक्रोबायोटाको एक अलग मिश्रण हुन्छ र यसकारण अलग-अलग चयापचय हुन्छ । पेटको व्याक्टेरियाले तय गर्छ कि भोजनबाट कति क्यालोरी र पोषक तत्व आउँछ । आन्द्रामा बढी ब्याक्टेरिया हुँदा फिबेर्सलाई फ्याटी एसिडमा परिवर्तन गर्छ, जसबाट लिभरमा फ्याट जम्मा हुन्छ । यसबाट तपाईलाई ‘मेटाबोलिक सिन्ड्रोम’ हुनसक्छ, जसले टाइप 2 डायबिटीज र मोटोपनको कारण बन्छ ।

कोलन क्यान्सर- आन्द्रामा अधिक व्याक्टेरिया हुँदा तपाईलाई कोलन क्यान्सरको खतरा हुनसक्छ ।

तनाव- आन्द्राको व्याक्टेरिया मस्तिष्कसँग संवाद गर्छ । सेन्ट्रल नर्भस सिस्टमको विकारलाई आन्द्राको व्याक्टेरियासँग जोडिन्छ । आन्द्राको व्याक्टेरिया तनाव र चिन्ताको कारण बन्न सक्छ ।

अर्थराइटिस- आन्द्राको ब्याक्टेरियाको कारण अर्थराइटिसले पिडित मानिसलाई अधिक समस्या हुनसक्छ ।

बच्चालाई पेट दुख्नु- प्रोब्याक्टेरिया नामक व्याक्टेरियाबाट बच्चाको पेटमा ग्याँस बन्न सक्छ, जसबाट उनीहरूलाइ पेट दुख्न सक्छ तर प्रोब्याक्टेरिया केही समय सम्म रहन्छ ।

पेटलाई यसरी राख्नुहोस् सही- फाइबरले भरिपूर्ण फल र सब्जीको सेवनले माइक्रोबायोटा कम हुन्छ र रोगहरूको खतरा कम हुन्छ । एक्सरसाइजको माध्यमले पेटको व्याक्टेरियालाई बढाउन मद्दत मिल्छ । प्रोबायोटिक्सले पनि पेटमा व्याक्टेरियालाई नर्मल बनाई राख्न मद्दत मिल्छ ।

तपाईको प्रतिक्रिया