ताजा खबर:- जाडो मौसममा त्वचामा रूखोपनको समस्या आउनु सामान्य कुरा हो । यसकारण त्वचामा मुलायमपन बनाई राख्नका लागि मेवा, कागती या महयुक्त नेचुरल मोइश्चराइजर या कोकोनट मास्कको प्रयोग गर्नुहोस् । यसकारण आज हामी यहाँ केही सजिला उपायको बारेमा चर्चा गर्दैछौँ, जसको मद्दतले जाडो मौसममा त्वचालाई मुलायम बनाई राख्न सकिन्छ ।

-घन्टीफुल(hibiscus), मह र नरिवल तेलबाट एन्टी-एजिंग मास्क बनाउनको लागि घन्टीफुललाई दुई कप पानीमा तबसम्म उमाल्नुहोस्, जबसम्म पानी आधा हुँदैन। अब यसमा मह र नरिवल तेल मिलाउनुहोस् र अनुहार लगायत घाँटीमा लगाउनुहोस् । १०-१५ मिनेट पछि मनतातो पानीले धुनुहोस । घन्टीफुलमा अल्फा-हाइड्रोक्सी एसडी(एएचए) हुन्छ, जसले त्वचालाई ताजापन प्रदान गर्छ र त्वचाको लचिलोपनमा सुधार ल्याउँछ । यस मास्कको प्रयोगले त्वचामा चमक र कसिलोपन पनि ल्याउँछ ।

-हरेक दुई-तीन दिनको अन्तरालमा अनुहारको मसाज गर्न आवश्यक हुन्छ, जसले अनुहारको मांसपेशीमा रक्तसंचार सुधार आउँछ । मोइश्चाराइजर या फेस क्रिमले सर्कुलर मोशनमा अनुहारको मसाज गर्न नभुल्नुहोस् । यसले अनुहारमा सही मात्रामा मोइश्चराइजर या मुलायम बनाई राख्न सहायक हुन्छ ।

-सौन्दर्य लाभको लागि मेवा र कागतीयुक्त मोइश्चराइजरको प्रयोग गर्नुहोस् । यसमा भिटामिन ए, सी, ई र के हुन्छ, जसले वास्तवमा तपाईको त्वचालाई मुलायम एवम् कोमल बनाउँछ । यो एन्टीअक्सीडेन्टले पनि भरिपूर्ण हुन्छ ।

-एक पाकेको मेवालाई मिक्स गरी यसमा आधा कागतीको रस मिलाउनुहोस् र १५ मिनेटसम्म अनुहारमा लगाएर राख्नुहोस् । चमकदार र मुलायम त्वचा पाउनको लागि मनतातो पानीले धुनुहोस् ।

-नियमित रूपले त्वचा सफा गर्नुहोस् । जाडोमा पनि त्वचाको छिद्रा खोल्नका लागि राम्रो सँग त्वचाको सफाई आवश्यक हुन्छ । जाडोमा सही फेशवासको प्रयोग गर्नुहोस्, जसले त्वचालाई सफा र मुलायम बनाई राख्छ ।

-त्वचालाई मुलायम बनाई राख्न र सन टैनलाई हटाउनको लागि उपयुक्त फेसप्याकको प्रयोग गर्न अत्यन्त आवश्यक हुन्छ । यसको लागि एन्टी-टैन दिनहुँ फेसप्याक राम्रो विकल्प हो ।

-आधा कप दहीमा दुई चम्मच ताजा सुन्तलाको रस मिलाएर यस मास्कलाई आफ्नो अनुहार, घाँटी र हातमा लगाउन सक्नुहुन्छ । २० मिनेट लगाएर राखिसकेपछि यसलाई मनतातो पानीले धुनुहोस् । यसले मृत कोशीका, फोहोरलाई हटाई त्वचामा चमक ल्याउँछ । सुन्तलाको रसले दाग-धबा हटाई त्वचाको रंग सफा गर्छ ।

-सनस्क्रीन नलगाएर घरदेखि बाहिर जानु हुँदैन । एलोभेरायुक्त सनस्क्रीन लगाउनुहोस्, जसले त्वचामा नरमपन बनाई राख्नुको साथै सूर्यको हानिकारक किरणबाट हुने हाइपर-पिग्मेन्टेशनलाई नियन्त्रित गर्छ ।

तपाईको प्रतिक्रिया