ताजा खबर:- स्वास्थ्यसंग जोडिएको समस्याहरूप्रति प्रायजसो मानिस विभिन्न उपायहरू अपनाउने गर्दछन् । यसमा डाक्टरी उपचार देखि लिएर घरेलू उपचार सम्म अपनाउने गर्दछन् । डाक्टरी उपचार तत्काल आराम अवश्य दिन्छ तर घरेलू उपचारको असर लामो समय सम्म रहिरहन्छ । यस्तै एक घरेलू उपाय हो लौकीको जूस । अधिकांश मानिस लौकीको प्रयोग सब्जी बनाउनको लागि गर्दछन् । तर यसको जूसको प्रयोग अलग-अलग तरिकाले गरिएमा स्वास्थ्यसँग जोडिएका थुप्रै समस्या हट्छ । यसमा पाइने भिटामिन्स र मिनरल्स त्वचा देखि कपाल सम्म सम्पूर्ण शरीरमा असर पुर्याई स्वस्थ राख्न मद्दत गर्छ । कसरी एक चम्मच लौकीको जूसको प्रयोग गर्ने र यसको के फाइदा छन्, जानीराखौँ ।

१-अनुहारको चमक बढ्छ

एक चम्मच लौकीको जूसमा एक चम्मच बेसन, दही र काक्राको पेस्ट मिक्स गर्नुहोस् । अनुहारमा लगाएर २० मिनेट सम्म छोड्नुहोस् र पछी पानीले धुनुहोस् । यसलाई नियमित रूपमा पिउँदा पनि डन्डीफोर हट्नुको साथै अनुहारको चमक बढ्छ ।

२-रुघाखोकीबाट जोगाउँछ

एक चम्मच लौकीको जूसमा एक चम्मच मह मिलाएर पिउनुहोस् । यसबाट रुघाखोकीको समस्या टाढा रहन्छ ।

३-बाक्लो कपाल

एक चम्मच लौकीको जूसलाई २ चम्मच अमला पाउडरमा मिक्स गर्नुहोस् । यसलाई कपालमा लगाउनुहोस् । यसलाई हप्तामा २ या ३ पटक सेवन गर्नाले कपाल बढ्ने प्रक्रिया चाँडो हुन्छ ।

४-कब्जियतको समस्याबाट जोगाउँछ

नियमित एक चम्मच लौकीको जूसमा मह मिलाएर पिउँदा डाइजेशनमा सुधार आउँछ । यसबाट कब्जियतको समस्या पनि निको हुन्छ ।

तपाईको प्रतिक्रिया