काठमाडौँ  – यसैबीच, प्रहरीले बाल यौन दुराचारको आरोपमा ६३ वर्षीय जर्मन नागरिक हान्स जुर्गेन गुस्ताभ दाहम्लाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँ भोटेवहालमा उनी बस्ने भाडाको घरबाट शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

उनलाई पक्राउ गर्दा प्रहरीले दुईजना नेपाली नाबालक समेतलाई सोही स्थानबाट उद्दार गरेको छ । उनलाई बाल यौनदुराचार कसुरअन्तर्गत काठमाडौँ जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

उनलाई जवर्जस्ती करणी महलअन्तर्गत उक्त बालयौन दुराचार अपराधमा अधिकतम १३ वर्ष कैद सजाय तथा पीडितलाई मनासिव माफिकको क्षतिपूर्ति समेत भराउन सक्ने कानुनी व्यवस्था छ ।

तपाईको प्रतिक्रिया