काठमाडौं । बहुप्रतिक्षित चलचित्र शत्रु गते’को डिजिटल तथा अन्तराष्ट्रिय अधिकारले नयाँ किर्तीमानी राख्दै अहिलेसम्मकै सर्वाधिक बढी मूल्यमा बिक्री भएको छ ।

ओएसआर डिजिटलले सिनेमाको डिजिटल तथा अन्तराष्ट्रिय अधिकार एक करोड एघार लाखमा खरिद गरे सँगै चलचित्रले प्रदर्शन पूर्व नै लगानी सुरक्षित मात्र हैन फाइदा समेत कमाएको छ । प्रदीप भट्टराईको निर्देशनमा तयार भएको सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल, बसुुन्धरा भुसाल, रमेशरंजन झा, प्रियंका कार्की, पल शाह, आँचल शर्मालगायतको अभिनय रहेको छ ।

मह सञ्चारको ब्यानरमा निर्माण गरिएको सिनेमाका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्र चैत्र ९ गते सार्वजनिक रुपमा प्रदृशनमा आउने भएको छ ।

तपाईको प्रतिक्रिया