एजेन्सी । बलिउड सुपरस्टार सलमान खानले किन अहिलेसम्म विहे नगरेका होलान् ? यस विषयमा उनका फ्यानले आ-आफ्नै तर्क गरिरहेका बेला चर्चित सेलिब्रेटि टैरो कार्ड रिडर मुनीषा खटवानीले सलमानको ग्रहले नै जीवनमा विवाह नदिएको बताएकी छिन् ।

चर्चित सेलिब्रेटि टैरो कार्ड रिडर मुनीषाले अबको दुई बर्षमा सलमानले विवाह गरेनन् भने उनले जीन्दगीभर विवाह नगर्ने दाबी समेत गरेकी छिन् ।

२७ डिसेम्बरमा जन्मिएका सलमान ५२ वर्षको उमेर लागीसक्दा पनि अझै अविबाहित हुनु र उनी जन्मिएको तिथीमितीले गर्दा उनको ग्रहमा मंगल निकै उच्च स्थानमा देखिएकोले गर्दा उनको विवाह नभएको मुनीषाको तर्क छ । सलमानले प्रेमीका युलियासँग विबाह गर्ने हल्लाकाबिच फेरी उनको बिहेको मिति टुंगो लाग्नु त परेको कुरा खै के खै के भएको छ ।

तपाईको प्रतिक्रिया