संखुवासभा । संखुवासभामा जीप दुर्घटना हुँदा त ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालसहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार संखुवासभाको सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिकाको हटियामा पर्ने दोभानतर्फ गएको जीप भोटखोला खोला गाउँपालिका ३ मा पर्ने सामाटारमा दुर्घटना भएको हो । दुर्धटनामा परि मृत्यु भएका मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल र पाथीभरा हेदांनाका सुरेश राईको मात्र सनाखत भएको र अन्यको सनाखत हुन बाँकी रहेको बताइएको छ ।

घटनास्थल सदरमुकाम खाँदबारीबाट कम्तिमा ७० किलोमिटर टाढा रहेको प्रहरीले जनाएको छ । यद्यपी प्रहरी घटनास्थलमा पुगीसकेको छ ।

तपाईको प्रतिक्रिया