एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नाण्डिजले १ मिनेट नाचेको कति लिन्छिन् होला ? अभिनेत्री ज्याकलिन फर्नाण्डिजलाई उत्तर प्रदेश सरकारले तीन मिनेटका लागि ७५ लाख रुपैया तिरेपछि उनको खास रेट बाहिर आएको छ ।

ज्याकलिनलाई उत्तर प्रदेशमा एक महोत्सवका दौरनज तीन मिनेटको प्रस्तुतिका लागि यति रकम खर्चिएको भारतीय अनलाइन आजतकले लेखेको छ ।

भारतीय मिडियाहरुका अनुसार ज्याकलिनले छोटो समयमा नै सबैलाई आर्कष्ति गर्न सफल भएको बताइएको छ । सो अवसरमा उनले श्रीलंकाको राष्ट्रपतिय निर्वाचनमा सलमानले महिन्दा राजापाक्षेका लागि भोट नमागेको र एक च्यारिटी शोमा भाग लिन गएको बताउँदै सलमानको बचाउ समेत गर्न पछि परिनन् ।

तपाईको प्रतिक्रिया