एजेन्सी । अग्लो कद, चाक्लो अनुहार र सेतो वर्णका बलिउड सुपरस्टार शाहरुख खान आफ्नो नयाँ फिल्म जीरो’ मा एक पुड्को व्यक्तिको भूमिका निभाइरहेका छन् । निर्देशक आनन्द एल रायको यस चलचित्रका लागी शाहरुखले होचो कदको देखिन मात्रै निकै एडभान्स्ड भिजुअल इफेक्टको प्रयोग गरिएको छ ।

जसको एडभान्स्ड भिजुअल इफेक्ट बनाउनका लागी मात्रै दुई वर्ष बढी समय लागेको थियो । हलिउडको चलचित्र द हबिट, लर्ड अफ द रिङ्ग्स आदिमा कयौँ व्यक्तिलाई पुड्को देखाइए पनि बलिउडमा चलचित्र जानेमनमा अनुपम खेरलाई र अप्पु राजामा कमल हसनलाई पनि पुड्को बनाइएको थियो । र यो फिल्ममा यस्तो इफेक्ट देखाउन विदेशबाट समेत विशेषज्ञहरु बोलाइएको छ । फोर्स्ड पर्सपेक्टिभ’ मा अप्टिकल इल्यूजनको मद्दतले कुनै वस्तुलाई सानो , ठूलो, टाढा वा नजिक देखाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया