एजेन्सी । दुई वटा श्रीमती बिहे गरेर दुवै तिर सन्तानको संख्या बढाइरहेका भारतीय चर्चित अभिनेता सैफ अली खान यतिबेला अर्की युवतीको चक्करमा परेका छन् । वास्तविक जीवनमा दुई दुई वटी श्रीमती बिहे गरेर बहुविबाहको आरोप खेपिरहेका यि ह्याण्डसम नायकले आफ्नो नयाँ चलचित्र कालाकान्डी’ मा रोमान्स गर्न लागेकी सुन्दरीको कथा भने बेग्लै छ ।

सैफसँग फिल्ममा रोमान्स गर्न लागीरहेकी सुन्दरी नैरी सिंह वास्तवमा पुरुष थिइन् । पुरुषबाट महिला बन्ने आफ्नो सफर सहज नभएको बताउ उनी नरेन्द्र सिंहबाट नैरी सिंह बनेकी हुन् । तमाशा’ र मम’ लगायतका चलचित्रमा काम गरिसकेर निकै उत्साहित बनेकी नैरी सैफसँग कालाकान्डीमा अभिनय गर्न पाउँदा खुशीले फुरुगं छिन् । अक्षत वर्माको निर्देशनमा बन्न लागेको कालाकान्डीमा सैफसँग काम गर्न लागेकी नैरीलाई रिहर्सलको दौरान जब पहिलो पटक सैफले भेटे उनले नैरीलाई माथिदेखि तलसम्म हेर्दै भने तिमी निकै सेक्सी छौ, म तिमीलाई अंकमाल गर्न चाहन्छु ।’

तपाईको प्रतिक्रिया