अमेरिकी रियालिटी टिभी स्टार पेरिस हिल्टनले हालै प्रेमी अभिनेता क्रिस जिल्कासँग इन्गेजमेन्ट गरिन् । जिल्काले उनलाई जोडी आकारको हिराको एउटा औँठी लगाइदिए । यो औँठीको मूल्य २० लाख डलर पर्ने समाचारहरू आए ।

अब हिल्टनले यो औँठीको सुरक्षाका लागि गार्ड राखेकी छिन् । वेबसाइट ‘टिएमजेड डट कम’का अनुसार उनले चौबिसै घण्टा औँठीको सुरक्षाका लागि सुरक्षाकर्मी खटाएकी हुन् ।

हिल्टन र जिल्का सात वर्षअघि एक ओस्कर पार्टीमा भेट भएका थिए । फेब्रुअरी २०१७ मा उनीहरूले सम्बन्धबारे पुष्टि गरेका थिए । इन्गेजमेन्टको फोटो सार्वजनिक गर्दै हिल्टनले लेखेकी छिन्, ‘म निकै खुसी छु कि मैले आफ्नो प्यारसँग जीवन बिताउन इन्गेजमेन्ट गरेको छु । मेरा लागि जिल्का बफादार, दयालु र समर्पित छन् ।’नयाँ पत्रिकामा खबर छ ।

तर, समाचारअनुसार उनको यो तेस्रो इन्गेजमेन्ट हो । पहिलोपटक २००३ मा मोडल जेसन सा र दोस्रो पटक २००५ मा पेरिस लेटिससँग उनको इन्गेजमेन्ट भइसकेको थियो ।

तपाईको प्रतिक्रिया