काठमाडौं । काठमाडौँबाट २९ जना जुवाडे ताल खेलीरहेको अवस्थामा रंगेहात पक्राउ परेका छन् ।

काठमाडौँको दरबारमार्गमा रहेको होटल ल्याण्डमार्कबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जुवाडेहरुको साथबाट ३ लाख २७ हजार रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै जुवाडेहरुको साथबाट एक सय डलर पनि बरामद भएको र जुवाडेहरुका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा महिला जुवाडेहरु पनि रहेका छन् ।

तपाईको प्रतिक्रिया