कर्ण दास संगीतप्रेमीहरूको मनमा बस्न सफल गायक हुन् । ०५४ मा उनले पहिलोपटक ‘जिन्दगीको के भरोसा’ गीत गाएका थिए । जुन गीत अहिलेसम्म पनि हिट छ । त्यस्तै उनले गाएका ‘फर्की आऊ शान्ति तिमी’, ‘तिम्रो मेरो सम्बन्ध’लगायतका थुप्रै गीत चर्चामा छन् । गीतको चर्चाका साथै गायक दासका फ्यान पनि त्यत्तिकै छन् । तिनै फ्यानका किस्सा उनले यसरी खोले :

धेरैजसो पाका फ्यान मेरो स्वभावले हो कि के हो, मेरा प्रायः मभन्दा बढी उमेर भएका फ्यान छन् । मैले गाएका गीत त्यस्तै प्रकृतिका भएर पनि होला । त्यस्ता फ्यानबाट म धेरै कुरा सिकिरहेको हुन्छु ।

भक्कानिएर रुने पोखराका भाइ एकजना पोखराका भाइ हुनुहुन्थ्यो । धेरै पहिलेको कुरा हो । त्यसैले पनि मैले उहाँको नाम भुलिसकेँ । म पोखराको एउटा कार्यक्रमको स्टेजबाट तल ओर्लिएँ । त्यो भाइले मलाई देखेर नमस्कार भन्नुभयो । मैले नमस्कार भनेर उहाँलाई अंकमाल गरेँ । त्यो भाइ भक्कानिएर रुनुभयो । उहाँले मलाई च्याप्प समातिरहनुभयो । त्यसवेलामा अहिलेको जस्तो सबैको हातहातमा मोबाइल थिएन । उहाँले मसँग फोटो खिच्न आग्रह गर्नुभयो । अनि हामीले त्यहाँको नजिकैको एउटा फोटो स्टुडियोमा गएर फोटो खिचेका थियौँ । यसरी फोटो खिचिसकेपछि मात्र उहाँले मलाई छाड्नुभयो ।

एक युवतीले गीत गाइरहेको वेलामा स्टेजमै आएर किस गरिन्, श्रीमती सँगै भएकोले अप्ठ्यारो महसुस भयो

श्रीमतीकै अगाडि युवतीले किस गरेपछि… धेरै पहिला लाजिम्पाटको ¥याडिसन होटेलमा मेरो एकल साँझ भएको थियो । त्यहाँ मेरी श्रीमती पनि थिइन् । त्यहाँ एकजना युवतीले म गीत गाइरहेको वेलामा स्टेजमै उल्केर मेरो गालामा किस गरिन् । मेरी श्रीमती पनि अगाडि भएकी हुनाले अलि अप्ठ्यारो महसुस भयो, तर श्रीमती यस्ता कुरा बुझ्ने भएकाले खासै समस्या परेन ।

फोटो खिचेपछि रुने सिक्किमकी युवती केही समयअघि म सिक्किम गएको थिएँ । जहाँ मेरो गीत सुन्नेहरू धेरै हुनुहुँदोरहेछ । त्यहाँ एउटा प्रोग्राम भएको थियो । त्यो प्रोग्राम सकिएपछि धेरैजना मसँग फोटो खिच्न आउनुभयो । त्यसमध्ये एकजना युवतीले पनि मसँग फोटो खिचाउनुभयो । यसरी फोटो खिचिसकेपछि उहाँ रुन थाल्नुभयो । त्यस्तै, मेरो गीतलाई गहन तरिकाले बुझ्ने फ्यानहरू मैले दार्जिलिङमा पनि पाएँ । मैले धेरैजसो विधवा, बुढीआमाहरूका लागि पनि गाएको छु । जसले गर्दा छोरी मान्छेलाई मेरो गीतले छिट्टै प्रभावित पार्छ । त्यही भएर पनि होला धेरैजसो महिलाले मेरोअगाडि आँसु झार्नुहुन्छ ।

गुनासो पोख्ने महिला फ्यान मेरो धेरैजसो महिला फ्यान हुनुहुन्छ । उहाँहरूले मलाई आफ्नो दुःखपीडाका गुनासो पोख्नुुहुन्छ । मैले पनि उहाँहरूलाई साथी सम्झेर आफ्नो गुनासोहरू पोख्ने गर्छु । त्यस्तै, घरायसी कुराहरू पनि हुन्छ । हुन त कतिपय कलाकारलाई युवती फ्यानहरूले विवाहको प्रस्ताव राखे भन्छन् । तर, मलाई भने धेरै महिला फ्यानले साथीजस्तो सोच्छन् र उनीहरूको दुःखपीडाको गुनासो पोख्छन् ।नयाँ पत्रिकाले छापेको छ ।

सुरुसुरुमा चिठी थुप्रै आउँथे मैले आफ्नो करिअर सुरु गर्ने वेलामा अहिलेको जस्तो सामाजिक सञ्जाल र प्रविधिको विकास भइसकेको थिएन । जसले गर्दा म चिनिन थालिसकेपछि चिठीपत्रहरू थुप्रै आउँथे । त्यसवेला प्रायजसो गीतहरूको प्रशंसा गरेको तथा कसैलाई भेटेको छु भने राम्रो लाग्यो भनेर चिठी आउँथे । त्यस्तै, कतिपय मेरा फ्यानले कति स्लो भएको भनेर रिसाएर पनि चिठी पठाउँथे ।

म मरेको हल्ला चलेपछि फ्यानले रगतले लेखेको चिठी पठाए एकताका म मरेको हल्ला चलाइयो । त्यही वेला मलाई एकजना फ्यानले रगतले लेखिएको चिठी पठाउनुभएको थियो । उहाँले मलाई भेट्न खोज्नुभएको रहेछ । तर, एकाएक म मरेको हल्ला सुनेपछि उहाँले मलाई रगतले चिठी लेख्नुभएको रहेछ । हुन पनि त्यसवेलामा मेराबारे थुपै्र कुरा फैलाइएको थियो । त्यसवेला मेरो फ्यान निकै निराश भएका थिए । त्यसरी रगतले लेखिएको त्यो चिठी अहिले पनि मसँग सुरक्षित छ ।

कलाकारलाई फ्यानहरूले विवाहको प्रस्ताव राखे भन्छन् । तर, मलाई भने धेरै महिला फ्यानले साथीजस्तो सोच्छन् र सुखदुःखका कुरा गर्छन् ।

पहिला डाइहार्ड फ्यान भनेर पछि चिनिनँ भन्ने नेपालकी चर्चित नायिका तिम्रो मेरो सम्बन्धको अवार्ड दिने वेलामा नेपालकी एउटी चर्चित नायिका हुनुहुन्थ्यो । म उहाँको नाम उल्लेख गर्न चाहन्न । उहाँले मलाई अवार्ड दिनुभयो । मलाई अवार्ड दिने वेलामा तपाईंको डाइहार्ड फ्यान हुँ भन्नुभयो । तर, केही समयपछि फेरि मैले उहाँलाई कुनै ठाउँमा भेटेँ, तर उहाँले चिन्नुभएन ।

प्रधानसेनापतिदेखि पत्रकारसम्म मेरा फ्यान मेरो गीतलाई मन पराउने धेरै हुनुहुन्छ । केही समयअघि एउटा कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई भेटेको थिएँ । त्यहाँ उहाँले म तपाईंको डाइहार्ड फ्यान हुँ, मलाई जिन्दगीको के भरोसा भन्ने गीत गाइदिनुहोस् न भन्नुभयो, अनि मैले गाइदिएको थिएँ । त्यस्तै, पत्रकारहरू पनि थुप्रै मेरा फ्यान हुनुहुन्छ ।

वृद्धाश्रमका वृद्धवृद्धा मेरा फ्यान म कुनैकुनै समयमा पोखरा र पशुपतिको वृद्धाश्रममा जान्छु । त्यहाँका वृद्धवृद्धासँग मेरो भावनात्मक सम्बन्ध छ । त्यहाँ जाँदा मलाई थुप्रै आमाबुवाले आफ्नै छोराजस्तो ठान्नुहुन्छ । कतिपय गाला मुसारेर रुनुहुन्छ । उहाँहरूले मलाई माया गरेर मेरै गीतहरू सुनिरहनुभएको हुन्छ ।

तपाईको प्रतिक्रिया