१-ननुहाउनुको पहिलो र सबैभन्दा प्रत्यक्ष नोक्सान यो हुन्छ कि तपाईको शरीर सफा हुँदैन । दिनहुँ तपाई प्रदुषण र फोहोरको बीच रहनुहुन्छ, जसको कारणले शरीरमा धुलो र दुर्गन्धको एक सतह बन्छ । दिनहुँ सफा नहुँदा ब्याक्टेरिया उत्पन्न हुन्छ ।

२-फैलिँदो ब्याक्टेरिया तपाईको त्वचाको लागि हानिकारक हुन्छ । यो ब्याक्टेरियाले डन्डीफोर देखि इन्फेक्शन र अन्य चर्म रोगलाई उत्पन्न गर्छ, जो शरीरको भित्री रोगहरूको लागि पनि जिम्मेवार हुन्छ ।

३-यदि तपाई सोच्नुहुन्छ कि चिसोमा ननुहाएर रोगहरूबाट बँच्न सकिन्छ, यो एकदम गतल विचार हो । यदि तपाईले दिनचर्या पहिलेको जस्तै नियमित राखेमा बिरामी पर्नुहुँदैन ।

४-सायद ननुहाउँदा चिसो दिनहरूमा पसिना कम आउँछ तर शरीरबाट दुर्गन्ध आउन बन्द हुँदैन । यसकारण दिनहुँ नुहाएर आफैँलाई ताजा र स्वस्थ बनाई राख्न आवश्यक हुन्छ ।

५-तपाईको शरीरमा कुनै पनि समय १ हजार ब्याक्टेरिया र ४० प्रकारको फंगस हुनसक्छ । यसबाट लड्नको लागि शरीरको सफाईमा विशेष ध्यान राख्न आवश्यक हुन्छ, जो नुहाउँदा मात्र हुनसक्छ ।

तपाईको प्रतिक्रिया