१-पेट्रोलियम जेलीलाई दिनहुँ अधिक मात्रामा प्रयोग गर्नु त्वचाको स्वास्थ्यका लागि निकै हानिकारक सावित हुनसक्छ । यसबाट त्वचाको समस्या मात्र नभई एक रिसर्चका आनुसार क्यान्सर जस्ता गम्भीर रोग पनि हुनसक्छ ।

२-दिनहुँ पटक-पटक पेट्रोलियम जेलीको प्रयोगले त्वचामा नकारात्मक असर पार्छ । यसले तपाईको त्वचाको पोषण अवशोषणको क्षमतालाई नष्ट गर्छ र त्वचामा उपस्थित कोलाजन टुट्नको लागि जिम्मेवार हुन्छ ।

३-पेट्रोलियम जेलीको अधिक उपयोगले क्यान्सर जस्ता गम्भीर रोग पनि उत्पन्न गराउन सक्छ । यसमा प्रयोग गरिने केही रसायन यस किसिमको खतरा उत्पन्न गर्न मद्दतगार हुनसक्छ । यो हार्मोन्स असन्तुलनको कारण पनि बन्न सक्छ ।

४-पेट्रोलियम जेलीमा प्रयुक्त केही रसायन केवल सुँघ्दा पनि फोक्सोमा सूजन र फोक्सोसँग सम्बन्धित समस्या उत्पन्न गर्न सक्ने सक्षम हुन्छ । यति मात्र होइन, यसले त्वचामा सूजन उत्पन्न गर्न सक्छ ।

५-पेट्रोलियम जेलीको प्रयोगले त्वचा अवशोषण गर्न सक्दैन तर यसमा पाईने हाइड्रो कार्बन शरीरको भित्र सजिलै गई फ्याट कोशीकामा जम्मा हुन्छ, जुन अत्यन्त हानिकारक हुन्छ ।

तपाईको प्रतिक्रिया