ताजा खबर:- कागतीको विभिन्न किसिमको फाइदा बारे तपाईलाई जानकारी भएकै कुरा हो तर काटेको कागतीलाई आफ्नो साथमा राख्नुको यो स्वास्थ्य लाभ सायद तपाईलाई जानकारी नहुन सक्छ । वास्तवमा यस्ता कुन-कुन स्वास्थ्य लाभ छन्, जसको बारेमा तपाईलाई थाहै छैन, जुन यस्ता छन् ।

१-काटेको कागतीलाई आफ्नो साथमा राख्दा रिफ्रेश बनाई राख्न मद्दत गर्छ र ऊर्जाको संचार गर्छ । तपाई दिनभर ताजा महसूस गर्नुहुन्छ र वासनादार रहनुहुन्छ ।

२-वरिपरीको वातावरणलाई सुगन्धित बनाई राख्न र कुनै पनि प्रकारको दुर्गन्धलाई हटाउन मद्दतगार सावित हुन्छ, जसबाट तपाई सकारात्मक र स्वस्थ महसूस गर्नुहुन्छ ।

३-यदि उल्टी आउने जस्तो भएमा यसलाई केही समय सुघेर यस समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ । विशेषगरि यात्रामा यो तरिका अत्यन्त उपयोगी हुन्छ ।

४-चिया, कफी, कोल्ड ड्रिंक या अन्य खाद्य पदार्थको सेवन पश्चात कयौँ पटक दाँतको पहेँलोपन या फोहोर देखिएमा राम्रो मानिँदैन । यसलाई कागतीले रगडेर हटाउन सकिन्छ ।

५-यसलाई आफ्नो साथ या कोठाको कुनै पनि कुनामा राख्नुहोस्, जसले तपाईलाई कुनै पनि कृतिम सुगन्धको आवश्यकता पर्दैन ।

तपाईको प्रतिक्रिया