ताजा खबर:- स्कूलबाट होस् या बाहिरबाट खेलेर जब तपाईको बच्चा घर आइपुग्दा निराश एवम् मलिन रहन्छन् या रुँदै घरमा प्रवेश गर्छन र घरदेखि बाहिर निस्कन डराउने गर्छन् भने तपाई सतर्क रहन अति आवश्यक हुन्छ । यी लक्षणले कतै न कतै तपाईलाई बच्चाको यौन शोषणतर्फ संकेत गर्छ । यौन शोषणको विभिन्न घटना आजकल देखिन थालेका छन् । यसमा शोषण गर्नेहरू बढीजसो कोही नजिकका नातेदार, स्कूल बसको चालक या वरपरको छिमेकको कुनै व्यक्ति हुनसक्छन् । बच्चाहरूलाई यसको बारेमा अधिक जानकारी हुँदैन यसकारण उनीहरूलाई थाहा हुँदैन कि उनीहरूको साथमा के भैरहेको छ या यो कुरा कसैलाई बताउनु पर्छ ।  यस्तो अवस्थामा केवल तपाईले मात्रा आफ्ना बच्चालाई यौन शोषणको घटनाबाट बचाउन सक्नुहुन्छ । उनीहरूलाई यस विषयमा आवश्यक जानकारी दिई यहाँ उल्लेखित केही उपायको मद्दतले आफ्नो बच्चालाई यस्ता अप्रिय घटना हुनबाट बचाउन सकिन्छ ।

१-बच्चालाई उनीहरूको शरीरको अंगको बारेमा बताउनुहोस्,

यौन शोषणबाट बच्चालाई बचाउनका लागि उनीहरूलाई यस बारेमा बताउन आवश्यक हुन्छ । तपाई आफ्नो बच्चालाई उनीहरूको शरीरको हरेक अंगको बारेमा बताउनुहोस् । उनीहरूलाई यो कुरा पनि बताउनुहोस् कि उनीहरूको शरीरको कुन भाग बढी प्राइभेट हो, जसलाई कसैले पनि छुन सक्दैन ।

२-बच्चाको टाइमटेबल जान्ने कोशिश गर्नुहोस्,

स्कूलबाट घर फर्किसकेपछि बच्चासँग कुरा गर्ने कोशिश गर्नुहोस् । उसलाई सोध्नुहोस् कि दिनभरमा के-के गर्यो, कुन-कुन व्यक्तिसँग भेटघाट भयो । उनीहरूलाई बोल्नका लागि प्रोत्साहित गरेमा तपाईलाई उनीहरूले सबै कुरा भन्ने हिम्मत पाउँछन् ।

३-बच्चासँग राम्रो कम्यूनिकेशन बनाउनुहोस्-

यौन शोषण जस्ता घटना बच्चाहरूले कसैलाई पनि बताउन कठिन मान्दछन् । चाहे तपाई उनीहरूको आमा-बुवा भएता पनि यस्तो व्यवहार देखाउन सक्छन । यस्तो अवस्थामा आवश्यक हुन्छ कि तपाई आफ्नो बच्चासँग एक राम्रो कम्यूनिकेशन बनाई राख्नुहोस् । कोशिश गर्नुहोस् कि तपाई सँग कुरा गर्दा बच्चा निडर होस् । उनीहरूलाई विश्वास हुनुपर्दछ कि तपाई उनीहरूलाई मद्दत गर्नुहुनेछ र सुरक्षा दिनुहुनेछ ।

४-सही-गलतको पहिचान गराउनुहोस्

बच्चालाई खराब स्पर्शको बारेमा बताउनुहोस् । उनीहरूलाई यो पनि सम्झाउनुहोस् कि उनीहरूसँग हुने कुन कार्य सही हो र कुन गलत हो । उनीहरूलाई निर्देश गर्नुहोस् कि उनीहरूसँग कुनै पनि गलत कार्य भएमा तुरुन्त तपाईलाई सूचित गरोस् ।

५-सिक्रेट फ्याक्टर

अधिकांश यौन दुर्व्यवहार गर्नेहरू बच्चालाई यौन शोषणको बारेमा कसैलाई नभन्न धम्की दिने गर्दछन् । यसलाई दुई व्यक्ति बीचको सीक्रेट फ्याक्टर भनिन्छ । तपाई बच्चालाई सम्झाउनुहोस् कि आमा-बुवासँग कुनै पनि कुरा लुकाउनु हुँदैन ।

६-विश्वासिला

आफ्नो बच्चालाई बताउनुहोस् कि को विश्वासिला छन् र को छैनन् । यसको साथै बच्चाको केयर टेकर, टिचर र हरेक त्यो शंकास्पद व्यक्ति जो तपाईको बच्चासँग जोडिएका हुन्छन्, उनीहरूको छनौट गर्दा अत्यन्त सावधानी अपनाउनुहोस् । विश्वासिला मानिसलाई नै यस्ता जिम्मेवारी सम्हाल्न दिनुहोस् ।

तपाईको प्रतिक्रिया