भक्तपुर । कक्षा ११ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा शनिबार सार्वजनिक गरेको हो । परिक्षा नियन्त्रण कार्यालयका अनुसार कक्षा ११ को नतिजा एसइइकै जस्तै नौ समूहमा विभाजन गरेर सार्वजनिक गरेको हो । बोर्डका अनुसार सात महिनाअघि परिक्षा दिएका ३ लाख ४७ हजार ७ सय ४८ मध्ये ७४ जनाको नतिजा रद्द गरिएको छ । एसइइमा जस्तो बिषयत जीपी र एकमुष्ट जीपीए निकालेको छैन। विद्यार्थीले आफ्नो सिम्बोल नम्बरबाट आफ्नो कुन बिषयमा कुन ग्रेड आयोरु भन्ने मात्रै थाहा पाउने छन् । ९० देखि एक सयसम्म ल्याउनेको बिषय ग्रे ए प्लस हुन्छ।

त्यस्तै ८० देखि ८९ सम्म ल्याउनेको ए, ७० देखि ७९ अंक ल्याउनेको बी प्लस, ६० देखि ६९ सम्मको बी, ५० देखि ५९ अंक ल्याउनेको सी प्लस, ४० देखि ४९ सम्म अंक ल्याउनेको सी, ३० देखि ३९ सम्मको डी प्लस, २० देखि २९अंक ल्याउनेको डी र ० देखि १९ अंक आउने विषयको ग्रेड इ लेखिएको बोर्डले जनाएको छ । त्यस्तै डी प्सल वा त्यो भन्दा मुनी कुनै एक बिषय हुने विद्यार्थीले माघ २७ गते ग्रेड बृछि परीक्षा दिन पाउनेछन् ।

तपाईको प्रतिक्रिया