एजेन्सी -उर्वशी रौतेला र करन वाही अभिनित थ्रिलर फिल्म हेट स्टोरी ४’ को रिलिज मिति सारिएको छ । खबर अनुसार मार्च २ मा रिलिज हुने तय गरिएको फिल्म मार्च ९ तारिखमा रिलिज हुने भएको छ ।लन्डनमा सुटिङ गरिएको फिल्ममा सुरज पन्चोली र गुरमीत चौधरी पनि देखिनेछन्।

उर्वशीले ट्विट गर्दै फिल्म ९ मार्चमा रिलिज हुने उल्लेख गरेकी थिइन् ।निर्देशक विशाल पान्ड्याले लेखेका छन्, ‘भिडन्तबाट बच्नका लागि मिति थोरै पछाडि सारिएको छ। यस फिल्मबाट पन्जाबी फिल्मकी अभिनेत्री इहाना ढिल्लन बलिउडमा डेब्यू गर्दै छिन्।

तपाईको प्रतिक्रिया