काठमाडौं, २९ पुस । सोमबारदेखि अनशनरत डा गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालअघि जुत्ता सिउँदै आएका सिरहाका नथुनिया मोचीको हातबाट जुस पिएर अनशन तोडेका छन् ।

शुक्रबार राति सरकारसँग पाँचबुँदे सहमति गरेपछि उनी अनसन तोड्न सहमत भएका हुन् । शुक्रबार राति ८ बजेदेखि सुरु भई करिब २ घन्टासम्म चलेको वार्ता ५ बुँदे सहमति भएको थियो । पाँच बुँदे सहमतिमा चिकित्सा शिक्षा आयोग एक साताभित्रमा गठन गर्ने, सर्वोच्च अदालतको आदेश अनुसार आइओएमका डीनमा जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई नै निरन्तरता दिने लगायतका बुँदाहरु रहेका छन् ।

सरकारी वार्ता टोलीमा स्वास्थ्यमन्त्री दीपक बोहरासँगै स्वर्णिम वाग्ले, डा गोविन्द पोखरेल सहभागी थिए भने डा केसीका पक्षबाट डा अभिषेश सिंह, डा सुमन आचार्य, अधिवक्ता ओमप्रकाश अर्याल र डा कालु सिंह सहभागी थिए । अनसन तोड्नुअघि एक पत्रकार सम्मेलन गर्दै केसीले सहमति कार्यान्वयन नभएसम्म खबरदारी गर्न नछाड्ने बताए ।

तपाईको प्रतिक्रिया