पुस २८ गते- आज बिहीबारदेखि नै ३ वटा नयाँ फिल्म एकैसाथ रिलिज भएका छन् । यसअघि सधैं शुक्रबारदेखि नयाँ फिल्म रिलिज हुने गरेपनि यसपटक ३ वटै फिल्म बिहीबार नै रिलिज भएका हुन् । चलचित्र ‘लभ साशा, किङ्ग र शब्द’ एकैदिन रिलिज भएपछि प्रतिस्पर्धा पनि राम्रै हुने देखिएको छ । ‘लभ सासा’ लभ स्टोरी चलचित्र हो । प्रचण्डमान श्रेष्ठको निर्देशन रहेको यो फिल्ममा कर्मा, आशिफ शाह र केकी अधिकारीको अभिनय छ । यस्तै, सौगात मल्ल र कमली वाइवाको मुख्य भूमिका रहेको ‘शब्द’ लाई सन्तोष सिवाकोटीले निर्देशन गरेका हुन् । चलचित्र ‘किङ्ग’मा भने निखिल उप्रेती, वेनिशा हमाल, अनुप विक्रम शाहीको अभिनय छ । यो चलचित्रलाई जयन श्रेष्ठले निर्माण गरेका हुन् भने सविर श्रेष्ठले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया