पुस २८ गते- ३४ किलो अवैध सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका दुईजना अधिकृतलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले विमानस्थलका भन्सार अधिकृतहरु श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरेको हो । दुबईबाट ल्याइएको ३४ किलो अवैध सुन त्रिभुवन विमानस्थलको भन्सारबाट पास भएपछि प्रहरीले सुन तस्करीमा संलग्नहरुको खोजी गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले यसअघि नै ३ जना भरियालाई पक्राउ गरिसकेको छ । यादव र ढकाल दुवैजना सुन तस्करीबारे जानकार रहेको र उनीहरुको पनि मिलेमतो हुनसक्ने प्रहरीको आशंका छ । यही प्रकरणमा भन्सार विभागले यसअघि नै २९ कर्मचारीहरुलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरुबाट सुनको असली मालिकको पहिचान गरी पक्राउ गर्न प्रहरी सक्रियतापूर्वक लागिपरेको छ ।

तपाईको प्रतिक्रिया