ताजा खबर:- दुनियाभरिमा मानिस आफ्नो दिन कफी या चिया जस्ता ताजा र तातो पेयको साथ शुरु गर्छन । बिहान क्याफिन लिँदा बिहानको सुस्ती हट्छ र तपाईको मस्तिष्कलाई ताजा बनाउँछ र तपाईको अंगलाई तुरुन्त काम गर्ने आदेश दिन्छ । तर बिहान चिया र कफी पिउनु एक लत पनि हुनसक्छ या बन्न सक्छ । यसलाई हाई बीपी, मुटु सम्बन्धि समस्याहरू, वजन बढाउने, मिनरल्सको कमी, कम ऊर्जा र चिन्ता जस्ता समस्याहरूको साथ पनि जोडेर हेरिने गरिन्छ । यदि तपाई चाहनुहुन्छ भने तपाईले बिहानको शुरुवात केही यस्ता पेय पदार्थको सेवनले गर्नुहोस्, जसले तपाईलाई शक्ति र ताजापन दुवै प्रदान गर्छ । यहाँ ५ स्वस्थ ड्रिंक्सको बारेमा चर्चा गरिएको छ, जसलाई तपाईले कफी या चियाको साटो पिउन सक्नुहुन्छ ।

बनाना स्मूदी- केरामा प्रशस्त प्राकृतिक गुलियोपन जस्तै ग्लूकोज र फ्रक्टोज हुन्छ, जसले बिहान तपाईलाई फुर्तिलो महसूस गराउन सक्छ । यदि तपाईको लागि बिहान-बिहान स्मूदी बनाउन कठिन काम लागिरहेको छ भने यसको साटो पुरा फल खान सक्नुहुन्छ ।

एप्पल स्मूदी- केरामा जस्तै स्याउमा पनि फ्रक्टोज जस्ता प्राकृतिक ग्लूकोज अधिक हुन्छ र यो बिहानमा कफीको तुलनामा प्रभावकारी हुनसक्छ ।

नरिवलको पानी- यो एक पौष्टिक पेय पदार्थ हो । नरिवलको पानी एक हाइड्रेटिंग इलेक्ट्रोलाइट्सले भरिपूर्ण हुन्छ । यसकारण कफीलाई हटाउनुहोस् र बिहान-बिहान ऊर्जाको आवश्यकता भएमा नरिवलको पानी पिउन सक्नुहुन्छ ।

प्रोबायोटिक्स- तपाई हरेक दिन बिहान-बिहान प्रोबायोटिक्स पिउन सक्नुहुन्छ । यसमा राम्रो ब्याक्टेरिया हुन्छ । यसलाई दहीमा मिलाएर बनाइने गरिन्छ र यसलाई बेरीज या एक गिलास कोम्बुचामा मिलाएर पिउन सक्नुहुन्छ ।

पानी- ८ घण्टाको निन्द्रा पछी तपाईको शरीरमा बिहान पानीको कमी हुन्छ । आफ्नो स्वास्थ्यको ध्यान राख्दै बिहान खाली पेट एक बोतल पानी पिउनुहोस् ।

तपाईको प्रतिक्रिया