ताजा खबर:- दाँतमा किरा लाग्नु या केभिटीको समस्या हरेकलाई हुनसक्छ । बढी गुलियो खानु या दाँतको सफाईमा विशेष ध्यान नदिनुको कारणले दाँतमा प्रायजसो किरा लाग्ने समस्या हुन्छ । यसैकारणले दाँतमा दुर्गन्ध आउन थाल्छ र कहिलै-कहिँ अत्यधिक दुखाई पनि महसूस हुनथाल्छ । दाँतमा किरा लाग्नुको कारणले बिस्तारै-बिस्तारै दाँत नष्ट हुनथाल्छ । जुन कारणले असहनीय दुखाई पनि हुन्छ, यसकारण आयुर्वेदका अनुसार केही यस्ता घरेलू उपायको बारेमा यहाँ चर्चा गरिएको छ, जसले दाँतमा लागेको किराबाट दुई दिनमै छुटकारा दिलाउँछ ।

ल्वांग

ल्वांगमा थुप्रै आयुर्वेदिक गुण हुन्छ । यसको प्रयोगले दाँतमा लागेको किराबाट सजिलै छुटकारा पाउन सकिन्छ । यसमा रहेको एन्टी-ब्याक्टेरियल गुणको कारणले दाँतमा लागेको किरा नष्ट हुनुको साथै दाँतको दुखाईबाट पनि आराम मिल्छ ।

प्याज

दाँतमा लागेको किरालाई नष्ट गर्नको लागि तपाई प्याजको बियाँ या प्याजको पनि उपयोग गर्न सक्नुहुन्छ । जुन दाँतमा किरा लागेको हुन्छ, त्यस दाँतमा प्याजको टुक्रा राख्नुहोस् । प्याजबाट निस्कने लारलाई त्यस दाँतमा लगाउनुहोस् ।

तोरी र फिटकिरी

तोरीको तेललाई तातो बनाई यसमा फिटकिरीको पाउडर मिलाएर एक पेस्ट तयार गर्नुहोस् । जुन दाँतमा किरा लागेको छ, त्यसमा राम्रोसँग यस पेस्टले भर्नुहोस् र थोरै समय मुख खोलेर राख्नुहोस् । यसो गर्दा तपाईलाई दुख्छ तर केही मिनेटमै दाँतमा रहेको किरा मुखको लारको साथ बाहिर झर्न थाल्छ ।

हींग

हींगको प्रयोग पनि निकै फाइदाजनक सावित हुन्छ । यसको उपयोगले किरा नष्ट हुन्छ । तपाई यसको लागि हींगको पाउडरलाई पानीमा हालेर उमाल्नुहोस् । अब यस पानीलाई थोरै चिसो हुन दिनुहोस् र पानीले कुल्ला गर्नुहोस् । यदि तपाईको दाँत खुकुलो भैसकेको छ र त्यसमा किरा लागिसकेको छ भने त्यस दाँतको खुकुलो भागलाई हींगले भर्नुहोस् । यसो गर्दा खुकुलो दाँतको सबै किरा नष्ट हुन्छ र साथै दुखाईबाट पनि आराम दिलाउँछ ।

जायफल

जायफलको तेलमा थोरै कपासलाई भिजाएर जुन दाँतमा किरा लागेको छ त्यसमा राख्दा किरा मर्छ । साथै दाँत अझ खराब हुनसक्ने सम्भावनालाई पनि कम गर्छ ।

नीम

नीममा पाईने एन्टी-ब्याक्टेरियल गुण दाँतलाई सफा गर्नुको साथै दाँतको किरालाई पनि नष्ट गर्छ ।

लसुन

लसुनमा पनि एन्टीबायोटिक गुण हुन्छ । दिनहुँ २-३ दिन सम्म लसुनको २ पोटीलाई चपाउनुहोस् । यसो गर्दा दाँतको दुखाईबाट आराम मिल्छ र दाँतसँग जोडिएको अन्य समस्याहरू पनि नष्ट हुन्छ ।

तपाईको प्रतिक्रिया