ताजा खबर:- आजको यस व्यस्त जीवनशैलीका कारण मानिसहरूमा शरीरलाई फिट र स्वस्थ राख्नको लागि पनि समय हुँदैन । यसकारण उनीहरूलाई विभिन्न खतरनाक रोगहरू लाग्न सक्ने सम्भावना बढ्छ । शरीर स्वस्थ राख्नको लागि घरमै उपलब्ध उपाय अपनाउन सकिन्छ । दिनहुँ बिहान नूनपानीको सेवनले मलाशयलाई सफाई गर्न मद्दत गर्छ । यसो गर्नाले थुप्रै स्वास्थ्यको लागि खतरनाक रोगहरू जस्तै डायबिटीज र मोटोपनबाट बँच्न सकिन्छ । कालो नूनमा पाईने ८० भन्दा बढी मिनरल्स शरीर र स्वस्थ्यको लागि अत्यन्त लाभकारी हुन्छ ।

बनाउने तरिका- यसको लागि एक गिलास मनतातो पानीमा सानो एक चम्मच कालो नून हाल्नुहोस् र यसलाई राम्रो सँग मिलाउनुहोस् । यस विधिले यो स्वास्थ्यवर्धक ड्रिंक्स तयार हुन्छ, जसको सेवन गर्नाले विभिन्न स्वास्थ्य लाभ प्राप्त हुन्छ । नूनपानी पिउनुको फाइदाहरू यस्ता छन्-

१-त्वचा सम्बन्धि समस्याहरूलाई हटाउँछ

यस नूनपानीको सेवनले त्वचा सम्बन्धि समस्याहरू जस्तै: डन्डीफोर, दाग-धब्बा आदिबाट सजिलै छुटकारा मिल्छ किनकी यस नूनपानीमा क्रेमिया हुन्छ, जसले त्वचामा रहेको समस्याहरूसँग लड्न मद्दत गर्नुको साथै त्वचामा निखार ल्याउँछ ।

२-पाचन प्रणाली दुरुस्त राख्छ

यस नुनिलो पानीको सेवनले मुखमा रहेको लार ग्रन्थी सक्रिय हुन्छ । लारले पेटमा रहेको पाचक एन्जाइम जो प्राकृतिक नून, हाइड्रोक्लोरिक एसिड र प्रोटीनलाई पचाउने काम गर्छ, यसलाई पचाउन मद्दत गर्छ । यसको साथै पेटमा रहेको कलेजो र आन्द्रा पनि ती एन्जाइमलाई प्रेरित गर्छ, जो फेरी खाइएको फूड्सलाई पचाउने काम गर्छ ।

३-नेचुरल एन्टी-ब्याक्टेरियल हुन्छ

यस नुनिलो पानीमा प्रशस्त मिनरल्स हुन्छ, जसको कारणले यो नूनयुक्त पानी एक नेचुरल एन्टी-ब्याक्टेरियलको रूपमा काम गर्छ, जसले शरीरमा रहेको रोगलाई फैलाउने खतरनाक ब्याक्टेरियालाई नष्ट गर्ने काम गर्छ र स्वास्थ्यलाई ठिक राख्छ ।

४-हड्डीलाई बलियो राख्छ

एक समय पश्चात् हाम्रो शरीरमा रहेको मिनरल्स र क्याल्शियम नष्ट हुनथाल्छ, जसको कारणले हड्डी कमजोर हुनथाल्छ र भाँचिने खतरा बढ्छ । यस्तो अवस्थामा नुनिलो पानी हड्डीमा रहेको यी मिनरल्सको पूर्ति गरी हड्डीलाई बलियो बनाई राख्छ । यसकारण दिनहुँ तपाईले यस पानीको सेवन गर्नुपर्दछ ।

५-मांसपेशीलाई बलियो बनाउँछ

कालो नूनलाई मनतातो पानीमा मिलाएर दिनहुँ सेवन गर्दा शरीरमा रहेको पोटाशियम कम हुन्छ, जसको कारणले मांसपेशी बलियो हुन्छ र तपाई स्वस्थ रहनुहुन्छ । यसकारण दिनहुँ यस पानीलाई पिउने बानी बसाल्नुहोस् ।

६-वजन कम गर्छ

कालो नूनलाई मनतातो पानीमा मिलाएर दिनहुँ पिउँदा शरीरमा रहेको अतिरिक्त बोसो कम हुन्छ, जसको कारणले मोटोपन सजिलै कम हुन्छ । साथै यसको सेवनले शरीरको कोलेस्ट्रोल स्तर कम हुन्छ, जसबाट डायबिटीज जस्ता खतरनाक रोग हुने सम्भावना कम हुन्छ । यसकारण दिनहुँ यस नूनपानीको सेवन गर्नुहोस् ।

७-शरीरलाई डिटोक्स गर्छ

शरीरलाई भित्रै देखि सफा राख्नका लागि यस पानीको सेवन गर्ने गरिन्छ । शरीरबाट टोक्सिन्स निकाल्न अत्यन्त आवश्यक हुन्छ । यसबाट तपाईको भित्री अंग नष्ट हुँदैन ।

८-शरीरलाई हाइड्रेट गर्छ

यस पानीले तपाईलाई भित्रै देखि हाइड्रेट गर्न मद्दत गर्छ । यसबाट त्वचाको लचिलोपन कायम रहन्छ र त्वचा हरेक समय मुलायम रहन्छ ।

९-कलेजोको समस्याबाट आराम दिलाउँछ

नूनयुक्त पानीको सेवनले खराब भएको या नोक्सान भएको कलेजोको सेल्स फेरी काम गर्न थाल्छ र यसमा सुधार पनि आउँछ । यदि कसैलाई सिरोसिसको समस्या छ भने यस समस्याबाट पनि सजिलै छुटकारा मिल्छ ।

१०-राम्रो निन्द्रा ल्याउन मद्दतगार

नून रगतमा कार्टिसोल र एड्रनिललाई बढाउन मद्दत गर्छ । यी हार्मोन्सको कारणले राम्रो निन्द्रा आउँछ, यसकारण यदि तपाई निन्द्रा नलाग्ने समस्यामा हुनुहुन्छ भने दिनहुँ बिहान नूनपानी पिउनुहोस् ।

तपाईको प्रतिक्रिया