ताजा खबर:- महिलाहरूको कपालले केवल उनीहरूको व्यक्तित्वलाई विशेष बनाउने मात्र नभई यसको सहायताले विचार र जीवनसँग जोडिएको कुरालाई पनि पहिचान गर्न सकिन्छ । व्यक्तिको स्वभाव जान्नका लागि उनीहरूको शरीरको भागले निकै मद्दत गर्छ । यदि कुनै महिलाको स्वभावलाई जान्न चाहनुहुन्छ भने यसमा महिलाहरूको कपालले अत्यन्त सहज रूपमा मद्दत गर्नसक्छ ।

लामो कपाल- जुन महिलाहरूको कपाल लामो हुन्छ, उनीहरू कल्पनाको दुनिया भन्दा बाहिर रहन्छन् । यी महिलाहरू आफ्नो कुरा कसैलाई पनि बताउन रूचाउँदैनन् । वाणीमा यिनीहरूको राम्रो संयम हुन्छ र परिस्थिति अनुसार नै कुरा गर्न मन रुचाउँछन् । यी महिलाहरूले धनलाई सम्हालेर खर्च गर्ने बानी हुन्छ ।

छोटो कपाल- जुन महिलाहरूको कपाल छोटो हुन्छ, उनीहरू अत्यन्त मेहेनेती हुन्छन् । अनुशासित जीवन यिनीहरूको प्रमुख मन्त्र हो । छोटो कपाल भएका महिलाहरू प्रेममा कसैलाई धोका दिँदैनन् तर स्वभावले थोरै स्वार्थी मानिन्छन् ।

घुम्रो कपाल- यस्ता किसिमका महिलाहरू कलाकार हुन्छन् र यिनीहरूलाई साहित्यप्रति रुची हुन्छ । कल्पनामा रहने यिनीहरूको बानीमा समावेश हुन्छ । मानिन्छ कि यी महिलाहरूको भाग्यले सधैँ साथ दिन्छ । दूरदृष्टिले यिनीहरूको हरेक निर्णय बलियो हुने गर्छ ।

पातलो र कम कपाल- यस्ता किसिमको महिलाहरू आफ्नो काम प्रति संवेदनशील हुन्छन् । यी महिलाहरू रोमान्सको विषयमा कमजोर हुन्छ । यसको साथै आफ्नो प्रेम कसैसामु देखाउँदैनन् । यिनीहरूको जीवनमा शान्ति रहन्छ र यसको साथै बढी विवाद गर्ने बानी यिनीहरूको स्वभावमा हुँदैन ।

मोटो र बढी कपाल- यस्ता किसिमको महिलाहरू आफ्नो काममा सधैँ राम्रो गर्ने कोशिश गर्छन् । परिवार र प्रेमको विषयमा यिनीहरूको व्यवहार राम्रो रहन्छ । स्वभावले थोरै निडर मानिने महिलाहरूमा समावेश हुन्छन् । कतिबेला यिनीहरूलाई रिस उठ्छ, कसैलाई थाहै हुँदैन ।

तपाईको प्रतिक्रिया