ताजा खबर:- दूधलाई पूर्ण आहार भनिने गरिन्छ । यसमा भिटामिन, प्रोटीन, ल्याक्टोस, सुगर र मिनरल लगायत सबै तत्व पाईन्छ । यदि तपाईले दूधको साथ तेलमा तारेको वा भुटेको अथवा नुनिलो चीज खानुहुन्छ भने यसले पाचन प्रणालीलाई खराब बनाउँछ । लगातार यसको सेवन गर्दा त्वचा सम्बन्धि रोग लाग्न सक्छ । दूध र तिललाई पनि एकैसाथ खानु हुँदैन ।

कतिपय मानिसहरूले नास्तामा दूधको साथमा ब्रेड-बटर खाने गर्दछन् तर दूध आफैँमा पूर्ण आहार हो । यी सबै चीजहरूको साथमा सेवन गर्दा पेटमा भारीपन महसूस हुन्छ किनकी आयुर्वेदका अनुसार प्रोटीन, कार्बोहाइड्रेट र फ्याटको अधिक मात्रा एकैसाथ सेवन गर्नुहुँदैन । यसकारण केवल दूध मात्र सेवन गर्नु निकै लाभदायक हुन्छ ।

दूध पिउनु अघि वा पछी र साथै कहिलै फलफूल खानुहुँदैन । यदि तपाई दूधको साथमा भुइँकटहर, सुन्तला जस्ता खट्टो फल खानुहुन्छ भने यसले स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । यसको सेवनले खाना सन्तुलित ढंगले पाचन हुँदैन र उल्टी आउने सम्भावना रहन्छ । यसको साथै दूध र केरा पनि खानुहुँदैन किनकी दूध र केरा दुवैले कफ निर्माण गर्छ । दुवैलाई एकैसाथ खाँदा कफ बढ्छ र पाचनमा पनि असर पर्छ ।

दूधको साथमा दही कहिलै भूलेर पनि खानुहुँदैन । यसलाई एकैसाथ खाँदा एसिडिटी, ग्यास्ट्रिक र उल्टी आउने समस्या हुनसक्छ । दही खाईसकेपछी लगभग एक देखि डेढ घण्टा पछि मात्रा दूध पिउनु पर्दछ । मासको दालको साथ पनि कहिलै दूधको सेवन गर्नुहुँदैन । दूध र माछालाई कहिलै साथै खानु हुँदैन किनकी यसबाट ग्यास्ट्रिक, एलर्जी र त्वचा सम्बन्धि रोगहरू उत्पन्न हुनसक्छ ।

तपाईको प्रतिक्रिया