काठमाडौं । केदार घिमिरे अर्थात माग्ने बुढाको पारिश्रीमक ह्वात्तै बढेको छ । यसअघि सामान्य पारिश्रमिकमा काम गर्दै आएका माग्नेले नायिका तथा निर्मात्री पूजा शर्माको नयाँ फिल्ममा लाखौँ रुपियाको डिमाण्ड गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सुदर्शन थापाको निर्देशनमा बन्न लागेको पूजाको नयाँ फिल्ममा केदारको मुख्य भूमिका हुने भएकाले उनले १० लाख पारिश्रीमक पाउनुपर्ने माग राखेसँगै निर्माण यूनिटले माग्नेको डिमाण्ड भने पूरा गरिदिएको छ । यद्यपी निर्माण यूनिटले पूजाको फिल्ममा पाएको पारिश्रमिकबाट डेढ लाख रुपैयाँ कर तिर्ने र यो फिल्म रिलिज हुनुभन्दा पहिले दीपा–दीपकको छक्का पञ्जा ३’ बाहेक अन्य फिल्ममा काम गर्न नपाउने सर्त समेत राखेको बताइएको छ ।

पूजाको नया ँ फिल्मको छायांकन छिट्टै ने हुने र उक्त चलचित्रमा माग्नेका साथममा विल्सनविक्रम राई अर्थात तक्मेबूढो’ लगायतका अन्य चर्चित अनुहारहरु पनि देखिने भएका छन् ।

तपाईको प्रतिक्रिया