एजेन्सी-नायिका श्रद्धा कपुरले चलचित्र स्त्रीमा काम गर्ने भएकी छन्। पछिल्लो समय बाहुबलि नायक प्रभाषसँग फिल्म साहो’मा काम गरिरहेकी उनले त्यसपछि फिल्म स्त्रीमा नायक राजकुमार राहोसँग काम गर्न लागेको बताइएको छ ।

राजकुमारले आफूहरुले नयाँ चलचित्रका लागि नाम पाएको भन्दै ट्विटरमा तस्बिर पोष्ट गरेका छन् ।चलचित्रको लेखन राज एन्ड डीकेले लेखेका हुन् भने दिनेश भिजन र राज एन्ड डीकेले नै यो चलचित्रको निर्माण गर्दैछन् । यो एक हरर कमेडी चलचित्र हो । यो चलचित्रलाई अमर कौशिकले निर्देशन गर्ने भएका छन् ।

तपाईको प्रतिक्रिया