एजेन्सी । अर्जेन्टाईनी स्ट्राईकर लियोनल मेस्सी नचम्किएको सायदै कुनै गेम होलान् । स्पेसिन कोपा डेल रे फुटबल अन्र्तगतको गएरातीको खेलमा पनि मेस्सीले निकै आक्रमक र रोमाञ्चक खेल प्रर्दशन गरे । लियोनल मेस्सीले पहिलो हाफको १५ मिनेटभित्रै दुई गोल गरे । जसका कारण बार्सिलोनाद्धारा सेल्टा भिगो ५ ० ले पराजित बन्न पुग्यो । बार्सिलोनाका लागि मेस्सी बाहेक योर्डी अल्बा, लुईस सुवारेज र ईभाँ राकिटिचले एक एक गोल थपेका थिए ।

तपाईको प्रतिक्रिया